images
Logo

केपी ओलीविरुद्ध संसदमा देउवाको हुँकार, सबैका सामुन्ने खोले एकसे एक पोल !



काठमाडौं – संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा समर्थन गर्दै सरकारले गरिरहेका भ्रष्टाचार र अधिनायकवादी शैलीको कडा शब्दमा विरोध गरेका छन् ।

शुक्रबारदेखि सुरू भएको प्रतिनिधि सभाको छैठौं अधिवेशनमा बोल्दै सभापति देउवाले सरकारमा नरहने पनि कोरोना भाइरसविरुद्धको लडाइँमा प्रतिपक्षी नेपाली कांग्रेसले सहयोग गरेको र भ्रष्टाचार र अधिनायकवादी नीतिविरुद्ध लड्ने नीतिलाई निरन्तता दिने निर्णय गरेको जनाएका छन् ।

सरकारले न खान दिएको छ, न गाउँ जान दिएको छ भन्दै ओली सरकारको आलोचना गरेका छन् । ‘राहत पाउनुपर्नेले पाएका छैनन्, जसलाई राहत आवश्यक छैन उनीहरूलाई बाँडिएको छ,’ देउवाले भने ।

सुकुम्बासीले जाउलो नपाएको बेलामा सुकुम्बासी आयोग गठनको कुनै अर्थ नभएको सभापति देउवाले बताए । उनले लकडाउनका कारण उत्पन्न परिस्थितिमा ठूलो असर परेका व्यावसायिक क्षेत्रलाई तत्काल राहत दिनुपर्ने माग समेत गरेका छन् ।

‘स्वास्थ्य सामग्रीहरुको अझै अभाव रहनु दुःखद र लज्जास्पद छ । समयमै सामग्री प्रबन्ध नगर्नु, भ्रष्टाचार गर्नु, राज्यकोषबाट धेरै पैसा निकालेर भ्रष्टाचार गर्नु एकदमै लज्जास्पद रहेको छ,’ सभापति देउवाले भने, ‘सरकारमा नरहनेपनि कोरोनाविरुद्धको लडाइँमा सहयोग गरेका छौं, भ्रष्टाचार र अधिनायकवादी नीतिविरुद्ध लड्ने नीतिलाई निरन्तता दिने निर्णय गरेका छौं । जनतालाई न खान दिने गाउँ जान दिने सरकारको आहात तुल्यायो । सिंगो देश कोरोनाबाट आक्रान्त बनेको बेला दुईवटा अध्यादेश जारी गरी अलोकतान्त्रिक र गैरजिम्मेवार काममा लाग्नु दुर्भाग्य हो ।’

देउवाले समाजवादी पार्टीका सांसद अपहरणको घटनाको निन्दा गर्दै अपराधमा संलग्नलाई कारवाही गर्न समेत माग गरेका छन् । सरकारले सरकारले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध अध्यादेश ल्याएर गैरजिम्मेवारी हर्कत प्रस्तुत गरेको समेत उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

Team