images
Logo

भारतमा कोरोनाले लियो भयानक रुप तर सरकारले बतायो साह्रै सुखद खबर !



काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भारतमा समेत ह्वात्तै बढ्न थालेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ भने १ हजार ५५९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार भारतमा हालसम्म २१ हजार जना कोरोनाबाट पूर्णरुपमा ठीक भएर घर फर्किएका छन् । तर कोरोना संक्रमण बढ्ने क्रम नरोकिँदा कूल संक्रमितको संख्या ६७ हजार १५२ पुगेको छ । यीमध्ये ४४ हजार जना डाक्टरको निगरानीमा रहेका छन् । संक्रमितमध्ये २ हजार २०६ जनाको मृत्यु भएको छ ।

भारतमा निको हुने दर बढेर ३१ दशमलव १५ प्रतिशत पुगेको छ । यसलाई भारत सरकारले सुखद खबरको रुपमा लिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी अपिलमा उल्लेख छ, ‘कसैलाई कोरोनाको लक्षण देखिएमा तत्काल उपचारको लागि पहल गर्नुपर्छ, लुकाउनु हुँदैन । हामीले यसो गरेनौं भने हामी बिरामी मात्र हुँदैनौं, परिवारका सदस्यलाई पनि खतरामा पार्छाैं ।’

भारत सरकारका अधिकारीका अनुसार क्लिनिकल कन्डिसनको आधारमा र नयाँ डिस्चार्ज नीतिको अनुसार निकै सामान्य र मध्यम लक्षणका रोगीलाई विना कोरोना परीक्षण घर पठाउन सकिन्छ । यस्तो विषयमा होम आइसोलेसनको संशोधित दिशानिर्देश जारी गरिएको छ, जसअनुसार घरेलु आइसोलेसनपछि परीक्षणको आवश्यकता हुने छैन ।

आरोग्य सेतु एपको माध्यमबाट हालसम्म झण्डै १.४ लाख जनालाई कोरोना भाइरसको खतराको बारेमा सूचना दिइएको भारत सरकारले दाबी गरेको छ । एपको माध्यमबाट ६०९ सम्भावित हटस्पट्स मार्किङ गरिएको छ । सरकारका अनुसार झण्डै ९.८ जनाले एप डाउनलोड गरिसकेका छन्, जुन १२ भारतीय भाषामा उपलब्ध रहेको छ ।

गृह मन्त्रालयका अनुसार बन्दे भारत मिसनको माध्यमबाट १० मेसम्म २३ वटा उडान पठाएर विदेशमा रहेका झण्डै ४ हजार भारतीयलाई स्वदेश ल्याइसकिएको छ । रेल मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अबको केही हप्तासम्म प्रत्येक दिन सयभन्दा धेरै रेल चल्नेछन् । रेल चलाउन पनि केही नियम निर्देश गरिएको छ ।

कोरोना लक्षण देखिएकाले रेल यात्रा गर्न पाउने छैनन् । रेलमा सामाजिक प्रतिबन्धको पालना र मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोना रोकथामका लागि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले लकडाउन गरिरहेको छ । तर पनि भारतमा लकडाउन धेरै खुकुलो रहेकाले संक्रमितको संख्या बढिरहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

Team