images
Logo

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रमा सुरक्षा दिन काठमाडौंबाट उड्यो शशस्त्रको टोली



काठमाडौं नेपाली भूमि अतिक्रमण भएको कालापानी क्षेत्रमा वुधबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने भएको छ । कालापानी क्षेत्रको सुरक्षाको लागि सशस्त्र प्रहरीको टोली आज विहान नै होलिकोप्टरमार्फत उडेको जनाइएको छ ।

आज दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिने जनाइएको छ । गृह मन्त्रालयका अनुसार पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने बताइएको छ । आज उक्त क्षेत्रमा बीओपी स्थापना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Team